सरकार किसानलाई करदाता र मतदाता मात्र ठानेको छ : हृदयेश त्रिपाठी

spot_img

काठमाडौं,१२ भदाै । जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले किसानलाई अहिलेसम्म प्राथमिकतामा नराखेको आरोप लगाएका छन्। बिहीबार उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका त्रिपाठीले किसान विभाजित भएका कारण पनि प्रभावित भएको बताउनुभयो।

उहाँले भने,“राज्यले किसानलाई अहिलेसम्म प्राथमिकतामा राखेन। उनीहरूलाई करदाता र मतदाता मात्र ठानेको छ। कर दिन्छन्, मत दिन्छन्। किसान एकजुट नभएकाले मारमा परिरहेका छन्। यदि हामी एकजुट भयौं भने यस मारबाट जोगिन सकिन्छ।”

त्रिपाठीले सरकारको आलटाल नीति, विशेषगरी अर्थ मन्त्रालयबाट उत्पन्न समस्याप्रति असन्तुष्टि व्यक्त गर्दै, उखु किसानलाई तोकेको प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदान पूर्ण रूपमा उपलब्ध नगराइरहेको बताउनुभयो। किसानले पाउनुपर्ने अनुदानमा आधा कटौती गरिएको दाबी उहाँको छ।

उहाँले किसानहरूलाई आफ्नो हकअधिकारका लागि एकजुट हुन आग्रह गर्दै, आन्दोलनको पक्षमा ऐक्यबद्धता देखाउन पनि अनुरोध गर्नुभयो।

spot_img

ताजा अपडेट

लोकप्रिय