भारतमा बीजेपी र कांग्रेस कार्यकर्ताबीच झडप

spot_img

काठमाडौं,१४ भदौ । भारतको बिहार राज्यमा शुक्रबार भारतीय जनता पार्टी (बीजेपी) र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ।

दरभंगामा आयोजित एक र्‍यालीमा प्रधानमन्त्री नरेन्द्र मोदी र उनकी आमामाथि गरिएको कथित दुर्व्यवहारको विरोधमा बीजेपी निकट भगवा कार्यकर्ताले पटनामा विरोध प्रदर्शन गर्दा स्थिति तनावपूर्ण बनेको हो।

प्रदर्शनका क्रममा दुवै दलका कार्यकर्ताबीच धक्का–मुक्का र नाराबाजी भएको र केही ठाउँमा स्थिति नियन्त्रण बाहिर जान थालेपछि सुरक्षाकर्मीहरू परिचालन गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

हाल घटनास्थलमा सुरक्षा कडा पारिएको छ भने झडपको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय