बीरगन्ज,१४ भदौ । बारा प्रहरीले सिम्रौनगढमा एक घरमा छापा मारेर करिब १३८ किलो ७०० ग्राम गाजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले शुक्रबार राति सिम्रौनगढ नगरपालिका–९ नयाका टोलस्थित उक्त घरमा छापा मार्दा प्रतिबन्धित लागूऔषध फेला परेको हो।
विशेष स्रोतका अनुसार, प्रहरीले गाजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाको नाम हाल गोप्य राखिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

