मधेशमा जितिया पर्व धूमधामका साथ मनाइँदै

spot_img

बीरगन्ज,२९ भदौ ।  सन्तानको दीर्घायु, सुख–समृद्धि र कल्याणको कामना गर्दै मधेशका आमाहरूले आइतबार श्रद्धा र भक्ति भावसहित जितिया पर्व मनाइरहेका छन्।

शनिबार बिहान पवित्र जलाशयमा स्नान गरी व्रत सङ्कल्प गरेका महिलाहरूले राति ‘ओगटन’ (दर) ग्रहण गरी निराहार व्रत सुरु गरेका थिए। अष्टमी तिथि आइतबार बिहान ८ः४४ बजेबाट सुरु भए पनि व्रत शनिबार मध्यरातपछि नै प्रारम्भ भएको मानिन्छ।

पण्डित पुरुषोत्तम दुबेका अनुसार निराहार व्रत सोमबार बिहान ७ बजेपछि नवमी तिथि एक घडी बिताएर सम्पन्न गर्ने परम्परा छ। यस क्रममा सप्तमीका दिन सूर्यदेवलाई तोरीको तेल, पिना र आँपको अचार अर्पण गर्ने चलन रहेको छ।

जितियामा महिलाहरूले दिवङ्गत सासू, बूढीसासू, जेठानी, देवरानी र मातृकूललाई स्मरण गर्दै सन्तानको दीर्घायु र उन्नतिको कामना गर्छन्। पितृपक्षमा पर्ने यस पर्वमा तीन पुस्ताभित्रका दिवङ्गत महिलाहरूलाई तर्पण दिने परम्परा समेत छ।

विश्वास गरिन्छ, श्रद्धा र निष्ठापूर्वक गरिएको यो व्रतले सन्तानलाई आयु, सौर्य र समृद्धि प्रदान गर्छ।

spot_img

ताजा अपडेट

लोकप्रिय