spot_img

एक महिनामै अध्ययनका लागि विदेशियो १४ अर्ब ३१ करोड

spot_img
spot_img

काठमाडौ,३१ भदौ । देशमै विश्वविद्यालय र कलेजहरू विस्तार हुँदै गएका भए पनि अध्ययनका लागि विदेशिने क्रम अझै घटेको छैन। चालु आर्थिक वर्षको पहिलो महिनामै मात्रै विद्यार्थीहरूले करिब १४ अर्ब ३१ करोड रुपैयाँ विदेशतर्फ खर्च गरेका छन्।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार, गत वर्षको सोही अवधिमा १४ अर्ब ९६ करोड खर्च भएको थियो। यसपालि रकम केही कम भए पनि विदेशी अध्ययनतर्फको खर्च उच्च नै देखिएको छ।

त्यस्तै, सोही अवधिमा भ्रमण व्यय दुई दशमलव आठ प्रतिशतले घट्दै २१ अर्ब ७० करोडमा सीमित भएको छ। अघिल्लो वर्ष यसै अवधिमा यो रकम २२ अर्ब ३२ करोड पुगेको थियो।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा खुद सेवा आय भने १३ अर्ब ३९ करोड घाटामा देखिएको छ। गत वर्ष यसै अवधिमा यो घाटा १५ अर्ब ६ करोड थियो।

यद्यपि, भ्रमण आय भने वृद्धि भएको छ। समीक्षा अवधिमा भ्रमण आय १२ दशमलव सात प्रतिशतले बढेर पाँच अर्ब ३८ करोड पुगेको छ। गत वर्ष यो रकम चार अर्ब ७७ करोड मात्रै थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय