बीरगन्जमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

spot_img

बीरगन्ज,०१ असोज । दसैं, तिहार र छठलाई लक्षित गर्दै वीरगञ्जमा सुपथ मूल्यका पसल सञ्चालनमा आएका छन्। खाद्य तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय बीरगन्ज र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड वीरगञ्ज कार्यालयले भदौ ३० देखि कात्तिक १० गतेसम्म सहुलियत दरका पसल चलाउने भएका हुन्।

साल्ट ट्रेडिङका सूचना अधिकारी सञ्जयकुमार गुप्ताका अनुसार, नुनमा प्रतिकिलोग्राम दुई रुपैयाँ छुट दिइनेछ। ग्राहकले एकपटकमा बढीमा ६ किलो मात्र खरिद गर्न पाउने व्यवस्था गरिएको छ। छुटपछि नुनको खुद्रा मूल्य प्रतिकिलो २४ रुपैयाँ पर्नेछ।

त्यस्तै, खाद्य तथा व्यापार कम्पनीले चामल र चिनीमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिएको छ। जिरा मसिनो चामल २५ किलोको बोराको मूल्य २१०० रुपैयाँ, सोना मन्सुली चामल २५ किलोको बोराको मूल्य १४५० रुपैयाँ तोकिएको छ। अरुवा मोटा चामल र चिनीमा पनि समान छुट लागु गरिएको छ।

सहुलियत पसल सञ्चालनसँगै उपभोक्ताले चाडपर्वमा आवश्यक उपभोग्य वस्तु किफायती मूल्यमा खरिद गर्न सक्ने कार्यालयको दाबी छ।

spot_img

ताजा अपडेट

लोकप्रिय