बीरगन्जमा चिकित्सक संघद्वारा रक्तदान, २० जनाले गरे रक्तदान 

spot_img

बीरगन्ज,०१ असाेज ।  नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा २० जनाले रगत दान गरेका छन्।

नेपाल तेरापंथ युवा परिषदको सहकार्यमा नारायणी अस्पताल नजिकै संघको भवनमा भएको कार्यक्रममा चिकित्सक संघका पदाधिकारीदेखि स्थानीय चिकित्सकसमेत सहभागी भएका थिए। रक्तदान गर्नेमा डा. उदयनारायण सिंह, डा. रामकिशोर सिंह, डा. आनन्द चौरसिया, डा. उमेश चौरसिया लगायत रहेका रक्त सञ्चार केन्द्र बीरगन्जले जनाएको छ।

कार्यक्रम संघका अध्यक्ष डा. मनोज कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संघका सचिव डा. नौशाद हकसहित अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय