बुङ्गल हाइड्रोको थप सर्वसाधारण आईपीओ भोलि बाँडफाँड हुने

spot_img

काठमाडौं,०२ असोज । बुङ्गल हाइड्रोपावर लिमिटेडले थप सर्वसाधारण लगानीकर्ताका लागि जारी गरेको आईपीओको बाँडफाँड भोलि बिहीबार बिहान ९:३० बजे हुने भएको छ। बाँडफाँड प्रक्रिया बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडमार्फत सञ्चालन हुनेछ।

कम्पनीले भदौ १६–१९ गते १७ लाख १ हजार ५०० कित्ता शेयर सर्वसाधारणमा जारी गरेको थियो। यस आधारमा करिब १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्।

यसअघि आयोजना प्रभावित स्थानीयवासी, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूलाई पनि शेयर बाँडफाँड गरिएको छ। स्वीकृत कुल २९ लाख ५ हजार कित्तामध्ये ८ लाख ३० हजार ८२४ कित्ता स्थानीयवासी, २ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोष र ६२ हजार २५० कित्ता कर्मचारीहरूलाई वितरण भइसकेको छ।

बुङ्गल हाइड्रोले १०.७ मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ। आयोजनाबाट २०८० भदौ २ गतेदेखि व्यापारिक उत्पादन सुरु भएको छ। कुल लागत ३ अर्ब २ करोड ३६ लाख ३८ हजार ४८३ रुपैयाँ भएको यो आयोजनाको प्रतिमेगावाट लागत २८ करोड २५ लाख ८३ हजार ३५ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय