ट्रम्प प्रशासनको नयाँ नियम: अमेरिकी नागरिकता पाउन अब लिखित परीक्षा अनिवार्य

spot_img

काठमाडौं,०३ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा नागरिकता लिन चाहने आप्रवासीहरूका लागि नागरिकता परीक्षालाई पुनः अनिवार्य बनाएको छ।

यसअघि बाइडेन प्रशासनले खारेज गरेको सन् २०२० को नियमलाई फेरि लागू गरिएको हो। नयाँ नियमअनुसार आवेदकहरूले अमेरिकी इतिहास र सरकारसँग सम्बन्धित १२८ प्रश्नको अध्ययन गरी परीक्षामा भाग लिनुपर्नेछ। परीक्षामा सोधिने २० वटा प्रश्नमध्ये कम्तीमा १२ वटा सही उत्तर दिनुपर्छ।

परीक्षा मौखिक रूपमा हुनेछ र बहुविकल्पीय विकल्प हुनेछैन। पहिलो प्रयास असफल भएमा दोस्रो मौका दिइनेछ, तर दुवै प्रयास असफल भएमा नागरिकता आवेदन रद्द हुनेछ।

६५ वर्ष वा सोभन्दा बढी उमेर भएका र २० वर्षभन्दा बढी समयदेखि अमेरिकामा बसोबास गरिरहेका व्यक्तिहरूलाई मात्र २० प्रश्नको परीक्षा हुनेछ र उनीहरूले आफूलाई सहज लाग्ने भाषामा परीक्षा दिन सक्नेछन्।

नयाँ नियम अक्टोबरको मध्यदेखि नागरिकताका लागि आवेदन दिनेहरूमा लागू हुने छ। अमेरिकी नागरिकता र अध्यागमन सेवाका अधिकारीहरूका अनुसार, यस नियमको उद्देश्य आवेदकलाई अमेरिकाको मूल्य र सिद्धान्त आत्मसात गर्न प्रेरित गर्नु हो।

spot_img

ताजा अपडेट

लोकप्रिय