नक्कली भुटानी शरणार्थी प्रकरणका टोपबहादुर रायमाझी दुई सातापछि कारागार फर्किए

spot_img

काठमाडौँ,०७ असोज । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भन्दै थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी दुई सातापछि पुनः कारागार फर्किएका छन्।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सुन्धारास्थित कारागार तोडफोड हुँदा रायमाझी समेत भागेका थिए। मंगलबार उनी आफैं कारागारमा हाजिर भएको कारागार स्रोतले जानकारी दिएको छ।

उक्त घटनामा सुन्धारा कारागारबाट मात्र करिब ३३ सय कैदीबन्दी फरार भएका थिए भने देशभर मिलाएर १४ हजारभन्दा बढी कैदीबन्दी भागेका थिए। तीमध्ये आधाजसो कैदीबन्दी अहिले फर्किसकेको कारागार प्रशासनको दाबी छ।

रायमाझीविरुद्ध नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुद्दा दायर भएको थियो। काठमाडौं जिल्ला अदालतको आदेशअनुसार उनी पुर्पक्षका लागि थुनामा रहेका छन्।

उक्त प्रकरणमा मुछिएका तत्कालीन सचिव टेकनारायण पाण्डे पनि रायमाझीसँगै फरार भएका थिए। तर, पाण्डे भने अहिलेसम्म कारागार फर्किएका छैनन्।

spot_img

ताजा अपडेट

लोकप्रिय