पाकिस्तानमा बाढीपछि स्वास्थ्य संकटको जोखिम बढ्यो

spot_img

काठमाडौं,०७ असोज । पाकिस्तानमा लगातारको बाढी र पहिरोका कारण ठूलो मानवीय संकट सिर्जना भएको छ । संयुक्त राष्ट्रसंघका अनुसार असारदेखि अहिलेसम्मको असामान्य मनसुनी वर्षा र त्यसपछिका बाढी–पहिरोका कारण ६० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।

त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका तथ्याङ्कअनुसार एक हजार भन्दा बढीको ज्यान गएको छ । साढे १२ हजार घर भत्किएका छन भने साढे छ हजार पशुचौपाया मरेका छन । २० लाखभन्दा बढी विस्थापित भएको अवस्थामा पानीजन्य रोग, विशेषगरी हैजाको जोखिम उच्च रहेको स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन् ।

पाकिस्तान विश्वकै जलवायु संकटप्रति अति संवेदनशील मध्य एक हो । पछिल्ला वर्षहरूमा बाढी, वर्षा र तापक्रम वृद्धिले सयौंको ज्यान गएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय