spot_img

गाजामा इजरायली आक्रमणमा ८० भन्दा बढी प्यालेस्टिनीको मृत्यु

spot_img
spot_img

काठमाडौँ,०९ असोज । इजरायलले गाजा पट्टीमा गरेको आक्रमणमा ८० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको स्थानीय अस्पतालले जनाएको छ। आपत्कालीन सेवामा संलग्न कर्मचारीहरूका अनुसार गाजा सहरको दराज क्षेत्रको फिरास बजार नजिकै, घरबारविहीन परिवारका लागि बनाइएका भवन र पालमाथि भएको आक्रमणमा महिला र बालबालिकासहित कम्तीमा २० जनाको मृत्यु भएको पुष्टि भएको छ।

इजरायली सेनाले दुई हमास लडाकुहरूलाई लक्षित गरी निसाना बनाइएको बताएको छ। तर, मृत्यु हुने व्यक्तिको संख्या आफ्नो जानकारीसँग मेल नखाने पनि सेना बताएको छ।

यसैबीच, इजरायली ट्यांक र सेना गाजा सहरको भित्री भागमा प्रवेश गर्दै छन्। इजरायलले यस क्षेत्रलाई हमासको अन्तिम गढ भएको दाबी गरेको छ। इजरायली सेनाले भनेको छ कि स्थलगत कारबाही हमासद्वारा बन्धक बनाइएका व्यक्तिहरूलाई मुक्त गर्ने र प्यालेस्टिनी सशस्त्र समूहको ‘निर्णायक पराजय’ सुनिश्चित गर्ने उद्देश्यले गरिएको हो।

संयुक्त राष्ट्रसंघ लगायत मानवअधिकार समूहहरूले आक्रमणपछि मानवीय अवस्था गम्भीर भएको चेतावनी दिएका छन्। गाजा पट्टीमा घरबारविहीन परिवार, महिला, बालबालिका र वृद्धवृद्धाहरूको सुरक्षा र तत्काल राहत प्रदान गर्न आवश्यक कदम उठाउन अन्तर्राष्ट्रिय समुदायलाई जोड दिन समेत अपील गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय