सुनसरी, १० असोज । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ बाट ३ सय ४० किलो लागूऔषध गाँजा बरामद भएको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरको गस्ती टोलीले राति करिब १:४० बजे शंका लागेका भारतीय नम्बर प्लेटको कारलाई सडक साइडमा रोकि चेकजाँच गर्दा गाँजा फेला परेको हो।गाँजा प्लास्टिक पोकोमा भरेर कारभित्र राखिएको थियो।
प्रहरीले बरामद सामग्रीसँगै कार नियन्त्रणमा लिएको जनाएको छ। अहिले ओसार–पसारमा संलग्न अन्य व्यक्तिहरूको खोजतलास भइरहेको छ।

