घुसकाण्डमा चीनका पूर्व कृषिमन्त्रीलाई मृत्युदण्डको सजाय

spot_img

काठमाडौं। चीनमा भ्रष्टाचार मुद्दामा पूर्व कृषिमन्त्री ताङ रेन्जियानलाई मृत्युदण्ड सुनाउँदै दुई वर्षका लागि स्थगित गरिएको छ।

यसबारे उत्तरपूर्वी जिलिन प्रान्तस्थित चाङ्चुन जन अदालतले आइतबार विज्ञप्तिमार्फत जानकारी दिएको हो। अदालतका अनुसार ताङले करिब दुई अर्ब ६८ करोड युआन (तीन करोड ८० लाख अमेरिकी डलर) बराबरको नगद र सम्पत्ति घुसस्वरूप लिएको प्रमाणित भएको छ।

अदालतले भने, “यस प्रकारको घुसकाण्डले राष्ट्र र जनताको हितमा ठूलो क्षति पुर्‍याएको छ।” अदालतले ताङले अपराध स्वीकार गरी पश्चात्ताप देखाएको कारण सजाय दुई वर्षका लागि स्थगित गरिएको जनाएको छ।

यो कदम राष्ट्रपति सी जिनपिङको व्यापक भ्रष्टाचारविरोधी अभियान अन्तर्गतको पछिल्लो निर्णय हो। सो अभियानले स्वच्छ शासन प्रवर्द्धन गरेको भन्दै समर्थन पाएको छ, तर आलोचकहरूले यसलाई राजनीतिक प्रतिद्वन्द्वीलाई हटाउने माध्यमको रूपमा व्याख्या गर्ने गरेका छन्।

ताङ पूर्वमा गान्सु प्रान्तका गभर्नर र गुआङ्सी उपाध्यक्षसमेत रहिसकेका थिए। उनका उत्तराधिकारी डोङ जुन अहिले भ्रष्टाचार अनुसन्धानमा परेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय