अमेरिका फेरि ‘गभर्नमेन्ट शटडाउन’मा, सबै सामान्य कामकाज बन्द

spot_img

काठमाडौं,१५ असोज । अमेरिका फेरि एकपटक संघीय सरकारको ‘शटडाउन’मा प्रवेश गरेको छ। सिनेटमा डेमोक्र्याट र रिपब्लिकन दुवै दलले एक–अर्काले प्रस्तुत गरेका अस्थायी खर्च विधेयक खारेज गरेपछि सरकारले फन्डिङ गुमाउँदै कामकाज ठप्प भएको हो।

राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटबीचको बजेटसम्बन्धी मतभेदले अन्ततः संघीय सरकार बन्द हुने अवस्था आएको हो।

सिनेटमा भएको मतदानमा डेमोक्र्याटको प्रस्ताव ४७–५३ र रिपब्लिकनको प्रस्ताव ५५–४५ मतले अस्वीकृत भयो। दुवै प्रस्ताव पारित हुन न्यूनतम ६० मत आवश्यक थियो। प्रस्ताव पास हुन नसकेपछि सरकारी खर्च रोकिएको र यसैलाई ‘सरकार शटडाउन’ भनिने प्रचलन छ।

शटडाउनका कारण संघीय कर्मचारीहरूको तलबदेखि अन्य दैनिक खर्च र सामान्य सेवा अवरुद्ध हुनेछन्। तर स्वास्थ्य सेवा, सीमा सुरक्षा र हवाई यातायातजस्ता आपतकालीन सेवाहरू भने यथावत रहने छन्।

अमेरिकामा १९८० पछि अहिलेसम्म १५ पटक सरकार शटडाउन भइसकेको छ। ट्रम्पको अघिल्लो कार्यकालमै ३ पटक यस्तो अवस्था आएको थियो। सन् २०१८ को ३५ दिन लामो शटडाउन अमेरिकी इतिहासकै सबैभन्दा लामो थियो। त्यसअघि २०१३ मा बाराक ओबामाको शासनकालमा १६ दिन र १९९५ मा बिल क्लिन्टनका समयमा २१ दिन सरकार बन्द भएको थियो। बाँकी शटडाउन भने पाँच दिन वा सोभन्दा कम अवधिका मात्र रहेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय