Date
बुध, पुस ३०, २०८२
Wed, January 14, 2026
Date
बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

महाधिवेशन विवादपछि कांग्रेस औपचारिक...

काठमाडौं -  लामो समयदेखि जारी आन्तरिक द्वन्द्व, वैचारिक असहमति र नेतृत्वप्रति बढ्दो असन्तुष्टिका...

नेशनल मेडिकल कलेज र...

वीरगञ्ज–३० पुस - नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल, वीरगञ्जबीच...

त्रिभुवन राजपथ सिफ्ट प्रकरणः...

वीरगञ्ज, ३० पुस — वीरगञ्ज बचाउ युवा व्यापारी संघर्ष समितिको अगुवाइमा दायर गरिएको त्रिभुवन...

राजनीतिक अस्थिरताले देशलाई खतरा,...

वीरगञ्ज, ३० पुस - मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय संयोजक एवं मानवअधिकारकर्मी...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
12.6 C
Birgunj
spot_img

हमासलाई युद्धविराम प्रस्तावमा तीन–चार दिनभित्र निर्णय गर्न अल्टिमेटम

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,१५ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धविराम गर्ने आफ्नो २० बुँदे प्रस्ताव मा प्रतिक्रिया दिन हमासलाई ‘तीन वा चार दिन’को अल्टिमेटम दिएका छन्। उनले यो योजना इजरायल र अरब नेताहरूले पहिल्यै स्वीकार गरिसकेको दाबी गरेका छन्।

मंगलबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हमासले यो स्वीकार्न पनि सक्छ र नस्वीकार्न पनि। नस्वीकारे दुःखद अन्त हुनेछ।’ उनले वार्ताको लागि ‘धेरै ठाउँ नरहेको’ पनि स्पष्ट पारेका छन्। ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई योजना स्वीकार गरेकोमा धन्यवाद दिए।

ह्वाइट हाउसद्वारा सार्वजनिक गरिएको २० बुँदे दस्तावेजमा गाजामा तत्काल युद्धविराम, हमासको कब्जामा रहेका इजरायली बन्दी र इजरायली जेलमा रहेका प्यालेस्टिनीबीच साटफेर, र चरणबद्ध इजरायली सेना फिर्ता लगायतका बुँदाहरू छन्।

योजनाअनुसार हमासले हतियार त्याग्नुपर्नेछ र गाजाको शासनमा उसको कुनै भूमिका रहनेछैन। यसको सट्टा अमेरिकाले अरब तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर गाजामा ‘अस्थायी अन्तर्राष्ट्रिय स्थिरीकरण बल’ पठाउनेछ। यसमा गाजामा अस्थायी टेक्नोक्र्याट सरकार गठन गर्ने र विस्थापितहरूको पुनर्वासको आश्वासन पनि समावेश छ।

हमास आफ्नो राजनीतिक र सैन्य नेतृत्वभित्र ट्रम्पको योजनाको समीक्षा गरिरहेको प्यालेस्टिनी स्रोतहरूले जनाएका छन्। कतारका प्रधानमन्त्रीले योजनाका केही बुँदामा थप स्पष्टता र वार्ता आवश्यक रहेको बताएका छन्।

यता, प्यालेस्टाइनको फतह दलले अमेरिकी प्रयासलाई स्वागत गरे पनि वरिष्ठ नेता अब्बास जकीले यसलाई ‘आत्मसमर्पणको दस्तावेज’ भन्दै आलोचना गरेका छन्। उनले यसलाई स्वीकार्नु भनेको ‘अपमानलाई चिरस्थायी बनाउनु’ हुने चेतावनी दिएका छन्। अलजजीराका पत्रकारहरूले ट्रम्पको योजनालाई ‘प्रस्ताव होइन, अल्टिमेटम’को संज्ञा दिएका छन्।

यो अमेरिकी पहल गाजा–इजरायल युद्ध दुई वर्ष पुग्न लाग्दा आएको हो, जहाँ प्यालेस्टिनी मृतकको संख्या ६६ हजार नाघिसकेको छ। मानवीय सङ्कट अझै गहिरिँदै जाँदा गाजामा १७ हजार बालबालिका गम्भीर कुपोषणबाट पीडित रहेको र अनिकाल तथा कुपोषणबाट ४५३ जनाको मृत्यु भएको चिकित्सा स्रोतले जनाएको छ।

ताजा समाचार

थप समाचार