Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

भारतमा डाक्टरहरुको अक्षर सुधार गर्न अदालतको आदेश

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१७ असोज । भारतको एउटा अदालतले डाक्टरहरुको अक्षर सुधार गर्न आदेश दिएको छ । पन्जाब र हरियाणा उच्च अदालतले डाक्टरको अक्षरले जीवन र मृत्युबीच फरक पार्न सक्ने भन्दै पढ्न सकिने प्रेस्क्रिप्सन मौलिक अधिकार रहेको जनाएको छ । बलात्कार सम्बन्धि एउटा मुद्धाको सुनुवाइका क्रममा न्यायधीशले डाक्टरको प्रेस्क्रिप्सन अध्ययन गर्न खोजेका थिए । तर पढ्न असहज भएपछि मुद्धाको फैसलामा डाक्टरको अक्षर सुधारको समेत आदेश आएको बीबीसीले जनाएको छ ।

धेरै डाक्टरहरूको लेखाइ केवल औषधि पसलमा बस्ने फार्मासिस्टहरूले मात्रै बुझ्न सक्ने रहेको बेला अदालतको आदेशलाई महत्वपूर्ण मानिएको छ । अदालतले चिकित्सा पढाइ हुने विश्वविद्यालयहरूको पाठ्यक्रममा हस्तलेखनसम्बन्धी पाठहरू समावेश गर्न र डिजिटल प्रेस्क्रिप्सनमा परिवर्तित हुन दुई वर्षको समय सीमा तोक्न सरकारलाई आदेश दिएको छ । डिजिटल प्रेस्क्रिप्सनमा परिवर्तित नभएसम्म सबै चिकित्सकले प्रेस्क्रिप्सन क्यापिटल अक्षरमा लेख्नुपर्ने न्यायाधीश जसगुरप्रीत सिंह पुरीले आदेशमा उल्लेख गर्नुभएको छ ।

तीन लाख ३० हजार जना सदस्य रहेको इन्डियन मेडिकल एसोसिएसनका अध्यक्ष डा. दिलीप भानुशालीले यो संबेदनशिल समस्या रहेको भन्दै समाधान खोज्न सहयोग गर्न तयार रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

ताजा समाचार

थप समाचार