सेवा पखवाड़ा अन्तर्गत छठ घाटमा सरसफाई अभियान

spot_img

काठमाडौं,१७ असोज । प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा भाजपा केन्द्रीय नेतृत्वले सेवा पखवाड़ा कार्यक्रम आयोजना गरेको छ।

भाजपा की वरिष्ठ नेतृ तथा रक्सौल जिल्ला महिला मोर्चाकी महामन्त्री पार्वती तिवारीका अनुसार, कार्यकर्ताहरूले आफ्नो जननेता र देशका प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै पर्यावरण स्वच्छता र सरसफाई अभियान सञ्चालन गरिरहेका छन्।

आज सेवा पखवाड़ा अन्तर्गत छठ घाट, आश्रम रोड, रक्सौलमा व्यापक सरसफाई अभियान चलाइएको थियो। कार्यक्रममा प्रदेश कार्यकारिणी सदस्य महिला मोर्चाकी सदस्य ज्योति राज गुप्ताको विशेष उपस्थिती रहेको थियो।

सफाई अभियानको मुख्य उद्देश्य नवरात्रिको समयमा मठ–मन्दिरमा पुग्ने हजारौं भक्तजनलाई असुविधा नहोस् भन्ने सुनिश्चित गर्नु रहेको छ। कार्यक्रममा अनुराधा शर्मा, सङ्गीता मिश्र, पूजा गुप्ता, रुचि गुप्ता, प्रतिमा देवी, नीता गुप्ता, रीता गुप्ता, अमृता शर्मा लगायत महिला मोर्चाका पदाधिकारी तथा कार्यकर्ताहरूको पनि उपस्थिती रहेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय