Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

महिला टी–२० क्रिकेटमा नेपालका लागि १ हजार रन बनाउने पहिलो खेलाडी इन्दु वर्मा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२१ असोज । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु वर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेकी छिन् । इन्दु महिला टी–२० क्रिकेटमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् ।

मलेशियासँगको शृङ्खला अन्तर्गत आज भएको चौथो खेलमा नटआउट ४८ रन जोड्दै २८ वर्षीया इन्दुले यो उपलब्धि हासिल गरेकी छिन् । उनले ७७ खेलमा १ अर्धशतकसहित १८ दशमलव ७८ को औसतमा १ हजार ४३ रन बनाएकी छिन् ।

योसँगै इन्दु वर्मा नेपालका लागि महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको शीर्ष स्थानमा पुगेकी छिन् । यो सूचीमा सीता राना मगर ६३ खेलमा ९ सय ६५ रनसहित दोस्रो र रुबिना क्षेत्री ७८ खेलमा ९ सय ३६ रनसहित तेस्रो स्थानमा छन् ।

आजको चौथो खेलमा मलेशियालाई ६ विकेटले हराएसँगै नेपालले ५ खेलको शृङ्खलामा २–२ को बराबरी गरेको छ । मलेशियाले दिएको १ सय १२ रनको लक्ष्य नेपालले १५ बल बाँकी छँदै ४ विकेट गुमाएर भेटायो । शृङ्खलाको अन्तिम तथा निर्णायक खेल भोलि हुनेछ ।

ताजा समाचार

थप समाचार