Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डर वरीयतामा पाँचौं स्थानमा झरे

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २२ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० अलराउन्डर वरीयतामा पाँचौं स्थानमा झरेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र एक स्थान तल झर्दै पाँचौंमा आइपुगेका हुन्। यसअघि उनी दोस्रो स्थानमा थिए।

टी–२० अलराउन्डर वरीयतामा पाकिस्तानका सइम अयुब शीर्ष स्थानमा रहेका छन् भने जिम्बावेका सिकन्दर राजा दोस्रो र भारतका हार्दिक पान्ड्या तेस्रो स्थानमा रहेका छन्।

तेसैगरी अन्य नेपाली खेलाडीहरूको स्थिति यस प्रकार छ: कुशल भुर्तेल २५औं, रोहित पौडेल ४४औं, गुल्सन झा ५९औं, कुशल मल्ल ६७औं र करण केसी ८६औं स्थानमा छन्।

टी–२० ब्याटिङ वरीयतामा दीपेन्द्र ६४औं स्थानमा छन् भने रोहित पौडेल ७१औं, आसिफ शेख ७३औं र कुशल भुर्तेल ८३औं स्थानमा रहेका छन्। बलिङ वरीयतामा भने ललित राजवंशी ४८औं, दीपेन्द्रसिंह ऐरी ७८औं र सन्दीप लामिछाने ८७औं स्थानमा रहेका छन्।

वरीयता सूचीअनुसार ब्याटिङमा भारतका अभिषेक शर्मा शीर्ष, बलिङमा भारतका वरुण चक्रवर्ती शीर्षमा रहेका छन्।

ताजा समाचार

थप समाचार