काठमाडौं,२६ असोज । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ।
सुपर सिक्सको पहिलो खेल आइतबार दिउँसो ४ः१५ बजे सुरु हुनेछ। यसअघि समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको थियो। समूह चरणको सुरुवाती खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै उत्कृष्ट प्रदर्शन गरेको थियो।
अब नेपालले सुपर सिक्समा यूएईसँगै कतार, ओमान र सामाओसँग पनि प्रतिस्पर्धा गर्नेछ। यस चरणमा उत्कृष्ट प्रदर्शन गर्ने टिमले आगामी टी–२० विश्वकपमा स्थान पाउने अवसर पाउनेछ।



