spot_img

भारतमा यात्रुवाहक बसमा भीषण आगलागी, १० जनाको मृत्यु

spot_img
spot_img

काठमाडौ,०७ कात्तिक । भारतको आन्ध्र प्रदेशमा आज बिहान एक यात्रुवाहक बसमा भीषण आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।

हैदराबादबाट बेंगलुरु जाँदै गरेको बस कर्नुल जिल्लाको निचन्ना टेकरू गाउँ नजिक दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। आगलागीपछि बस पूरै जलेर क्षतिग्रस्त भएको छ।

बसमा ४२ जना सवार थिए। १० जनाको मृत्यु पुष्टि भएको छ भने धेरै यात्रु गम्भीर घाइते भएका छन्। घाइतेहरूको अवस्था नाजुक रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।

प्रारम्भिक जानकारीअनुसार एउटा मोटरसाइकल बससँग ठोक्किँदा आगलागी सुरु भएको बताइएको छ। तर स्थानीय प्रशासनले घटनाको ठ्याक्कै कारणबारे आधिकारिक पुष्टि गरेको छैन।

उद्धार टोलीले घाइतेहरूलाई नजिकैका अस्पतालमा उपचारका लागि पठाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय