Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

मनाङमा बेपत्ता बाबु–छोरीको शव...

काठमाडौँ,२३ कात्तिक । मनाङ जिल्लामा करिब तीन सातादेखि बेपत्ता रहेका दुई भारतीय नागरिकको...

कक्षा १२ को पूरक...

काठमाडौं,२३ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज...

पोखरिया–१० मा एमालेको वडा...

पर्सा,२३ कात्तिक । नेकपा (एमाले) केन्द्रीय कमिटीले जारी गरेको देशव्यापी वडा भेला कार्यक्रमअन्तर्गत...

नारायणी अस्पतालमा नयाँ मेसु...

वीरगन्ज,२३ कात्तिक । वीरगन्जस्थित नारायणी अस्पताल विकास समितिले आज नयाँ निमित्त मेडिकल सुपरिन्टेन्डेण्ट...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

भारतमा यात्रुवाहक बसमा भीषण आगलागी, १० जनाको मृत्यु

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौ,०७ कात्तिक । भारतको आन्ध्र प्रदेशमा आज बिहान एक यात्रुवाहक बसमा भीषण आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।

हैदराबादबाट बेंगलुरु जाँदै गरेको बस कर्नुल जिल्लाको निचन्ना टेकरू गाउँ नजिक दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। आगलागीपछि बस पूरै जलेर क्षतिग्रस्त भएको छ।

बसमा ४२ जना सवार थिए। १० जनाको मृत्यु पुष्टि भएको छ भने धेरै यात्रु गम्भीर घाइते भएका छन्। घाइतेहरूको अवस्था नाजुक रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।

- Advertisement -

प्रारम्भिक जानकारीअनुसार एउटा मोटरसाइकल बससँग ठोक्किँदा आगलागी सुरु भएको बताइएको छ। तर स्थानीय प्रशासनले घटनाको ठ्याक्कै कारणबारे आधिकारिक पुष्टि गरेको छैन।

उद्धार टोलीले घाइतेहरूलाई नजिकैका अस्पतालमा उपचारका लागि पठाएको छ।

ताजा समाचार

थप समाचार