भारत–चीनबीच पाँच वर्षपछि सिधा हवाई उडान पुनः सुरु

spot_img

बेइजिङ,९ कात्तिक । भारत र चीनबीच पाँच वर्षपछि सिधा हवाई सेवा पुनः सुरु भएको छ। भारतको कोलकाताबाट करिब १८० यात्रु बोकेर इन्डिगो एयरलाइन्सको उडान ६E–१७०३ सोमबार चीनको ग्वाङ्झाउ आइपुगेको हो।

कोभिड–१९ महामारी सुरु भएपछि सन् २०२० मा दुई देशबीचका सबै सिधा उडानहरू स्थगित भएका थिए। त्यस वर्ष लद्दाखको गलवानमा भारतीय र चिनियाँ सेनाबीच भएको हिंसात्मक झडपपछि उडान पुनः सुरु नभएको हो।

तर पछिल्ला वर्षहरूमा दुबै देशबीचको सम्बन्ध क्रमशः सुधारोन्मुख रहेको छ। गत वर्ष दुवै पक्षबीच सीमा गस्तीसम्बन्धी ऐतिहासिक सम्झौता भएको थियो। यसै वर्ष अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सात वर्षपछि चीन भ्रमण गरेका थिए भने त्यसको केही हप्तापछि चिनियाँ विदेशमन्त्री वाङ यी भारत आएका थिए।

भारत सरकारले सिधा उडान पुनः सुरु हुनुले जनता–जनताबीचको सम्पर्क बलियो बनाउने र दुई देशबीचको सम्बन्धलाई क्रमशः सामान्य बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय