अमेरिकाविरुद्धको खेलमा नेपाललाई सुरुवाती धक्का, आसिफ सेख २ रनमै आउट

spot_img

काठमाडौं, १५ कात्तिक । आईसीसी लिग २ अन्तर्गत यूएई भ्रमणको तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध निराशाजनक सुरुवात गरेको छ। ओपनर आसिफ सेख मात्र २ रन बनाएर आउट भएका छन्।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर अमेरिकाले बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्दै इनिङ्स सुरु गरेको थियो। तर, दोस्रो ओभरको दोस्रो बलमै आसिफ नोसथुस केन्जिगेको बलमा बोल्ड भएपछि नेपालले पहिलो विकेट गुमायो।

यो समाचार लेखिँदासम्म नेपालले दुई ओभरमा २ रन जोड्दै एक विकेट गुमाइसकेको छ। क्रिजमा कुशल भुर्तेल र भीम सार्की रहेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय