Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

निर्वाचन आयोगले मतदाता नामावली...

काठमाडौं,२२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउन मंसिर २६ गतेभित्र...

वामदेव गौतमद्वारा फागुन २१...

ललितपुर,२२ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागुन २१ गते...

आन्तरिक राजस्व कार्यालय स्थापनाको...

जनकपुर,२२ मंसिर । राजविराजमा करदाता सेवा कार्यालय खारेज गर्ने सरकारी निर्णयको विरोधमा स्थानीय...

गठबन्धन आगामी निर्वाचनसम्म कायम...

रौतहट,२२ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी निर्वाचनसम्म मधेश प्रदेशको...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
15.4 C
Birgunj
spot_img

पोखरा एभेञ्जर्सलाई ३ विकेटले हराउँदै लुम्बिनी लायन्सको दोश्रो जीत

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, १३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो चरणमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई ३ विकेटले पराजित गर्दै दोस्रो जित दर्ता गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा पोखराले टस जितेर ब्याटिङ सुरु गर्यो र ५ विकेट गुमाउँदै १५० रन बनायो। एडम रोसिङ्टोनले ८१ रन र जिम्मी निशमले अविजित ५१ रन बनाए। लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले समान २–२ विकेट लिएका छन् भने गुल्बादिन नइबले १ विकेट लिए।

लुम्बिनीले १५१ रनको लक्ष्य १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो। कप्तान रोहितकुमार पौडेलले ४०, निरोशन डिकवेलाले ३७ र सन्दीप जोराले अविजित २२ रन बनाए। पोखराका बिपिन खत्री, सागर ढकाल र म्याट टेलरले समान २–२ विकेट लिए भने जिम्मी निशमले १ विकेट लिए।

यो जीतसँगै लुम्बिनी तालिकामा २ स्थान उक्लँदै पाँचौं स्थानमा ४ अंकसहित पुगेको छ। हारसँगै पोखरा सातौं स्थानमा झरेको छ।

आज दिउँसो साढे ३ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच अर्को खेल हुँदैछ। चार खेल खेलिसकेको सुदूरपश्चिम अहिलेसम्म अपराजित रहेको छ र ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। तीन खेलमा एक पनि जित हासिल नगरेको साविक विजेता जनकपुर भने तालिकाको पुछारमा अङ्कविहीन छ।

हाल तालिकामा विराटनगर ८ अंकसहित दोस्रो, काठमाडौँ ६ अंकसहित तेस्रो, चितवन ४ अंकसहित चौथो र कर्णाली २ अंकसहित छैठौं स्थानमा रहेका छन्। एनपीएलमा आठ फ्रेन्चाइज टोली सहभागी छन् र प्रतियोगिता मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन भइरहेको छ।

ताजा समाचार

थप समाचार