काठमाडौँ,१३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत आजको खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन जोड्यो।
जनकपुरका सञ्जय कृष्णमूर्तिले उत्कृष्ट प्रदर्शन गर्दै ३८ बलमा २ चौका र २ छक्का प्रहारसहित सर्वाधिक रन बनाएका छन्। जोन निकोल लोफ्टी इन्ग्लटनले ३९ रन थप्दै टोलीलाई सम्मानजनक स्कोर दिलाए। अन्य ब्याटरमध्ये माज सदक्वातले १२, आदित्य मेहताले १५, वायन पार्नेलले १४ र मयन यादवले ६ रन बनाए। आसिफ शेख र शुभ कंशाकार बिना रन आउट भए भने रुपेश सिंह १ रनमा अविजित रहे।
बलिङतर्फ सुदूरपश्चिमका अभिनास बोहराले ४ विकेट लिए। स्कट कुइगेलेइनले ३ विकेट झारे भने कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।
सुदूरपश्चिम अब १४६ रनको लक्ष्य पछ्याउँदै विजयको खोजीमा मैदानमा छन्।

