कुशल मल्लको छक्का प्रहारमा चियर लिडर घाइते

spot_img

काठमाडौं,१६ मंसिर । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चियर लिडर शर्मिला विक घाइते भएकी छन्।

जिल्ला प्रहरी परिसरका एसपी एवं प्रवक्ता पवन भट्टराईका अनुसार विकलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल लगिएको छ। उनको अनुहारमा चोट लागेको छ भने रगताम्मे अवस्था थियो।

घाइते विक जनकपुर बोल्ट्ससँगको खेलमा चितवन राइनोजका कप्तान कुशल मल्लले प्रहार गरेको छक्का बलले लाग्दा चोटपटक लागेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय