एनपीएल: लुम्बिनीले पहिले बलिङ, विराटनगरमा फाफ डुप्लेसी खेल्दै

spot_img

काठमाडौं, १७ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा लुम्बिनीले आज मैदानमा बलिङबाट सुरुवात गर्ने भएको हो।

विराटनगर राइनोज ५ खेलमा ४ जितसहित ८ अंकसहित प्लेअफ नजिक पुगेको छ। आजको खेल जितेमा विराटनगरको प्लेअफ पक्का हुने छ। टोलीमा स्टार ब्याटर फाफ डुप्लेसीलाई शेहान जयसूर्याको स्थानमा ल्याइएको छ, जसले टप अर्डर अझ मजबुत बनाएको छ।

लुम्बिनीले पनि एक परिवर्तन गरेको छ। दुबई फर्किएका गुलबादिन नाइबको स्थानमा जेजे स्मिथ खेलिरहेका छन्। लुम्बिनीले ५ खेलमा २ जितसहित ४ अंक जोडेको छ र बाँकी दुई खेल जित्नुपर्ने दबाबमा छ। पराजय भएमा लुम्बिनीको प्लेअफको सम्भावना झिनो रहनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय