महिला टी-२० विश्वकप छनोट प्रतियोगिता खेल्न प्रारम्भिक टोली घोषणा

spot_img

आईसीसी महिला टी–२० विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २७ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको छ। क्यानले बिहीबार टोलीको नामावली घोषणा गरेको हो।

टिमले शुक्रबारदेखि मूलपानी क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु गर्नेछ। छनोट प्रक्रिया र तयारीपछि अन्तिम टोली तय गरिने बताइएको छ।

घोषित प्रारम्भिक टोलीमा परेका खेलाडीहरू:
इन्दु बर्मा, राजमती ऐरी, सीता रानामगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुवि पोडार, पूजा महतो, कविता महतो, कविता कुवँर, रुविना क्षेत्री, सना प्रविन, अलिसा यादव, ईश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, बिन्दु रावल, लक्ष्मी सावद, मनीषा उपाध्याय, सिमना केसी, अनु कठायत, काजोल श्रेष्ठ, किरण कुवँर, अस्मिता कर्माचार्य र ममता चौधरी।

टी–२० विश्वकप छनोट नजिकिँदै गरेको अवस्थामा टोलीले तयारीलाई थप तीव्र बनाउने संकेत क्यानले दिएको छ। नेपाल महिलाको टोलीले अन्तर्राष्ट्रिय स्तरमा सशक्त प्रदर्शन गर्ने अपेक्षा राखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय