एनपिएलः काठमान्डुले पोखरालाई १६६ रनको चुनौती

spot_img

काठमाडौँ,१८ मंसिर ।  नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको चुनौती प्रस्तुत गरेका छन्।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा टस हारेर ब्याटिङ गर्न आएका काठमान्डुले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १६५ रन बनाएका हुन्।

काठमान्डुको इनिङ्समा ओपनर बेन चार्ल्सवर्थले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ६४ रन बनाउनु भएको थियो। त्यसैगरी, भिम सार्कीले २३ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५५ रन जोडेका थिए। मिलिन्ड कुमारले १३ रन थपेका थिए।

पोखराको बलिङमा धनञ्जय लक्ष्मणले चार विकेट, कुशल भुर्तेलले दुई विकेट, भने किरण ठगुन्ना र विपिन कार्कीले एक–एक विकेट लिएका थिए।

यसअघि ६ खेलबाट ८ अंक बनाएको काठमान्डु आजको खेल जितेर प्लेअफ यात्रा सुरक्षित गर्न चाहन्छ। अर्कोतर्फ, ५ खेलबाट ४ अंक बनाएको पोखराका लागि आजको खेल प्लेअफको सम्भावना जीवित राख्ने दृष्टिले अत्यन्त महत्वपूर्ण छ।

आजै अपरान्ह ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच अर्को खेल आयोजना हुनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय