काठमाडौँ,१० पुस । कोशी प्रदेशका क्रिकेट खेलाडी मिनश थापाको सवारी दुर्घटनामा निधन भएको छ। कोशी प्रदेश क्रिकेट संघले मंगलबार यो पुष्टि गर्दै गहिरो दुःख व्यक्त गरेको छ।
संघले जारी गरेको शोक विज्ञप्तिमा भनिएको छ, “मिनश थापा कोशी प्रदेश क्रिकेट विकासमा महत्त्वपूर्ण योगदान दिने एक प्रतिभाशाली खेलाडी हुनुहुन्थ्यो। उहाँको असामयिक निधनले नेपाली क्रिकेट, विशेषगरी कोशी प्रदेशको उज्ज्वल भविष्य गुमाएको छ।”
क्रिकेट समुदायले उनको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै परिवारप्रति सहानुभूति प्रकट गरेको छ।

