प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिताको नवौँ दिन चारवटा खेल सम्पन्न

spot_img

वीरगञ्ज। निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिताको नवौँ दिन चारवटा खेल सम्पन्न भएका छन्। आदर्शनगरस्थित क्रिकेट मैदानमा सम्पन्न खेलहरूमा बालक र बालिकाले उत्कृष्ट प्रदर्शन प्रस्तुत गरेका छन्।

पहिलो खेल (बोयज) मा ब्लू हेभेन एकेडेमीले MES लाई ४ विकेटले पराजित गर्‍यो। उक्त खेलका म्यान अफ द म्याच आलोक पटेल घोषित भए।

दोस्रो खेल (गर्ल्स) मा ओएम नेसनल एकेडेमीले मनकामना सेकेन्डरी स्कुललाई ६ विकेटले हराउँदै जीत दर्ता गर्‍यो। यस खेलकी म्यान अफ द म्याच अन्जली साह बनिन्।

तेस्रो खेल (बोयज) मा मनकामना सेकेन्डरी स्कुलले लिटल एन्जल्स सेकेन्डरी स्कुललाई ८ विकेटले पराजित गर्‍यो। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने साहिल हुसैन म्यान अफ द म्याच घोषित भए।

यस्तै, चौथो खेल (गर्ल्स) मा गौतम स्कुलले सनसाइन एकेडेमीलाई ७८ रनले पराजित गर्‍यो। खेलकी म्यान अफ द म्याच श्रेेष्ठा बस्नेत घोषित भइन्।

आयोजक प्याब्सन वीरगञ्जका अनुसार प्रतियोगिताले विद्यालयस्तरका खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय