नेट अभ्यासका क्रममा ऋषभ पन्त घाइते, न्युजिल्यान्डविरुद्धको सिरिजबाट बाहिर

spot_img

काठमाडौँ,२७ पुस । भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त अभ्यासका क्रममा घाइते भएका छन् । वडोदरामा भइरहेको नेट अभ्यासका बेला चोट लागेपछि उनी टोलीबाट बाहिरिएका छन् ।

शनिबार साँझ थ्रोडाउन स्पेशलिस्टविरुद्ध ब्याटिङ अभ्यास गरिरहेका बेला पन्तको पेटको दाहिने भागमा बल लागेको थियो । बल लाग्नासाथ उनी पीडामा चिच्याउँदै मैदानमै बसेका थिए । त्यसपछि टिमका सदस्य र मेडिकल स्टाफको सहयोगमा उनलाई मैदान बाहिर लगिएको थियो ।

न्युज एजेन्सी आईएएनएसका अनुसार चिकित्सकीय परीक्षणमा पन्तको दाहिने करङमा चोट लागेको पुष्टि भएको छ । चोटको गम्भीरताका कारण उनी न्युजिल्यान्डविरुद्धको एक दिवसीय श्रृंखलाबाट बाहिरिएको मिडिया रिपोर्टहरूले जनाएका छन् ।

पन्तको अनुपस्थितिमा ध्रुव जुरेल वा ईशान किशनलाई अवसर दिन सकिने बताइएको छ । वडोदराको कझटाम्बी स्टेडियममा पहिलोपटक पुरुष अन्तर्राष्ट्रिय खेल आयोजना हुँदैछ । श्रृंखलाको दोस्रो एक दिवसीय खेल जनवरी १४ मा राजकोटमा र तेस्रो खेल जनवरी १८ मा इन्दौरमा हुनेछ ।

spot_img

ताजा अपडेट

लोकप्रिय