नेपाल प्रहरीका ४८ एसपीको सरुवा, निर्वाचनकाे हटस्पट झापामा खड्कालाई पठाउँदा अरु को कहाँ ?

spot_img

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ४८ प्रहरी उपरीक्षकको सरुवा र काजमा खटाएका छन् ।

महानिरीक्षक कार्कीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको पत्रमा यही माघ महिनाकै तलब भत्ता खानेगरी उनीहरुको सरुवा/काजमा खटाएको उल्लेख छ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको हटस्पट मानिएको झापाका राजन लिम्बूलाई मानव बेचबिखन अनुसन्धान ब्युरो अनुसन्धान व्यवस्थापन शाखा काठमाडौं तानेर बसुन्धरा खड्कालाई पठाइएको छ । खड्का बागमती प्रदेश मानव श्रोत व्यवस्थापन महाशाखा हेटौँडामा कार्यरत थिइन् ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचनको आचारसंहिता लागु हुनै लाग्दा आइतबार प्रहरी प्रधान कार्यालय नक्सालले जिल्ला प्रहरी प्रमुखहरु हेरफेर गरेको हो । निर्वाचन आचारसंहिता आइतबार मध्यराति १२ बजेबाट लागू भएको छ ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय