spot_img

पर्सा–१ मा एमालेबाट पूर्वमन्त्री प्रदीप यादव उम्मेदवार, मनोनयन पत्र हस्तान्तरण

spot_img
spot_img

बीरगन्ज, ६ माघ । नेकपा एमालेले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा पूर्वमन्त्री प्रदीप यादवलाई उम्मेदवार बनाएको छ। पार्टीले आयोजित एक कार्यक्रमबीच यादवलाई औपचारिक रूपमा मनोनयन पत्र हस्तान्तरण गरेको हो।

मनोनयन पत्र हस्तान्तरण कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै उम्मेदवार यादवले पर्सा–१ को विकास, सुशासन र जनजीविकाका मुद्दालाई प्राथमिकतामा राखेर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय