Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

बारा–३ मा हेवीवेट नेताहरूलाई चुनौती दिँदै रास्वपाबाट अरविन्द साह चुनावी मैदानमा

spot_img

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा चर्किँदै गएको छ। स्थापित र ‘हेवीवेट’ नेताहरूको चुनौतीका रूपमा युवा उद्यमी तथा खल्तीका सह–संस्थापक अरविन्द साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका छन्।

मनोनयन दर्तासँगै साहले परम्परागत दल र नेतृत्वको विकल्पका रूपमा आफूलाई प्रस्तुत गर्दै परिणाममुखी राजनीति, सुशासन र प्रविधिमैत्री विकासलाई मुख्य एजेन्डा बनाएका छन्। ग्रामीण पृष्ठभूमिबाट आएको अनुभव उल्लेख गर्दै उनले रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र सेवा प्रवाहमा डिजिटल रूपान्तरणलाई संसदमा प्राथमिकताका साथ उठाउने बताएका छन्।

बारा–३ मा साहको मुख्य प्रतिस्पर्धा नेकपा (एमाले)की पूर्वमन्त्री ज्वाला साह र नेपाली कांग्रेसका महामन्त्री फरमुल्लाह मन्सुरसँग हुनेछ। दुवै दलका शीर्ष नेतृत्वसँग नजिक रहेका यी उम्मेदवार क्षेत्रका प्रभावशाली नेताका रूपमा परिचित छन्।

स्थापित राजनीतिक शक्तिहरूको वर्चस्व रहेको क्षेत्रमा निजी क्षेत्रबाट आएको नयाँ अनुहारका रूपमा साहको उम्मेदवारीलाई वैकल्पिक राजनीतितर्फको संकेतका रूपमा हेरिएको छ। नयाँ सोच र प्रविधिमैत्री दृष्टिकोणले मतदाताको विश्वास जित्न सक्ने वा नजित्ने विषय अबको चुनावी परिणामले निर्धारण गर्नेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय