spot_img

राजनीतिक कार्यक्रममा सरकारी सवारी प्रयोग नगर्न रौतहट प्रशासनको आग्रह

spot_img
spot_img

रौतहट,०७ माघ । जिल्ला प्रशासन कार्यालय रौतहटले राजनीतिक गतिविधिका क्रममा सरकारी सवारी साधन प्रयोग नगर्न आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवद्वारा मंगलबार जारी सूचनामा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रक्रिया चरणबद्ध रूपमा अघि बढिरहेको सन्दर्भमा जिल्लामा शान्ति, सुरक्षा र मर्यादा कायम राख्न यस्तो निर्देशन दिइएको हो।

प्रशासनले जिल्लाभित्र राजनीतिक दल तथा दलनिकट भ्रातृ सङ्गठनहरूले आयोजना गर्ने सभा, सम्मेलन तथा अन्य राजनीतिक कार्यक्रम सञ्चालन गर्नुअघि जिल्ला प्रशासन कार्यालय रौतहटलाई जानकारी गराई आवश्यक अनुमति लिनुपर्ने स्पष्ट पारेको छ।

सरकारी सवारी साधनको दुरुपयोग रोक्ने र निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा पालना गराउने उद्देश्यले उक्त आग्रह गरिएको प्रशासनले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय