Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

सप्तरीमा प्रतिनिधिसभा निर्वाचनका लागि २० महिला उम्मेदवार मैदानमा

spot_img

राजविराज,०७ माघ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरी जिल्लामा राजनीतिक दल र स्वतन्त्र गरी २० जना महिलाले उम्मेदवारी दर्ता गराएका छन्। जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट ७ जना महिला उम्मेदवार राजनीतिक दलतर्फबाट र १३ जना स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका हुन्।

सप्तरी निर्वाचन क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुष्पाकुमारी चौधरी र नागरिक उन्मुक्ति पार्टी नेपालले टीकालक्ष्मी नारायण चौधरीलाई उम्मेदवार बनाएको छ। सो क्षेत्रमा उम्दादेवी सदा, रामकुमारी खंग र रिजवाना खातुनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

क्षेत्र नम्बर–२ बाट नेपाल मजदुर किसान पार्टीकी नीलमकुमारी यादव र नेपाल जनता पार्टीकी रन्जुकुमारी झा (ठाकुर) उम्मेदवार बनेका छन्। त्यहाँ अम्बिकादेवी साफी, विन्दुकुमारी चौधरी, साधन दास र सुशीलाकुमारी साह स्वतन्त्र उम्मेदवार छन्।

क्षेत्र नम्बर–३ मा कुनै पनि राजनीतिक दलले महिला उम्मेदवार नउठाए पनि कोशिलादेवी पासवान, कौशलकुमारी चौधरी, रजियादेवी सदा र सरिताकुमारी यादव स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा छन्। क्षेत्र नम्बर–४ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालकी डा. बाँबी सिंह, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की रुवीकुमारी कर्ण र आम जनता पार्टीकी अनिताकुमारी चौधरी उम्मेदवार बनेका छन्। साथै प्रेमकुमारी महरा र सनमकुमारी चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

सप्तरीमा कुल १ सय ४ जना उम्मेदवार मैदानमा रहेका छन्। जिल्लामा २ लाख ३३ हजार ९६ पुरुष, २ लाख १३ हजार २ सय ८३ महिला र २३ जना अन्य गरी कुल ४ लाख ४६ हजार ४ सय २ जना मतदाता रहेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय