Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...

पर्सा–२ मा चुनावी सरगर्मी:...

वीरगञ्ज, ३ फागुन — पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार तथा पूर्वमन्त्री...
spot_img

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढी

spot_img

महोत्तरी,०८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लामा दलगत उम्मेदवारको तुलनामा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढी देखिएको छ। चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा कुल ८८ जना स्वतन्त्र उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् भने विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिने संख्या ५५ जनामा सीमित रहेको छ।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दलगत उम्मेदवारमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा १२ जना, क्षेत्र नम्बर २ र ३ मा समान १५–१५ जना तथा क्षेत्र नम्बर ४ मा १३ जनाले उम्मेदवारी दिएका छन्। यता, स्वतन्त्र उम्मेदवारको संख्या निर्वाचन क्षेत्र नम्बर ३ मा सबैभन्दा बढी २७ जना रहेको छ। क्षेत्र नम्बर ४ मा २४, क्षेत्र नम्बर २ मा २२ र क्षेत्र नम्बर १ मा १५ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

महिला उम्मेदवारको सहभागितामा पनि स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य देखिएको छ। जिल्लाभर कुल १९ जना महिलाले उम्मेदवारी दर्ता गराएकामा १० जना स्वतन्त्र उम्मेदवार रहेको सहायक निर्वाचन अधिकृत भरतमणि पोखरेलले जानकारी दिए।

उनका अनुसार निर्वाचन क्षेत्र नम्बर १ र २ मा समान पाँच–पाँच जना, क्षेत्र नम्बर ३ मा दुई जना र क्षेत्र नम्बर ४ मा सात जना महिला उम्मेदवार रहेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय