Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

सर्लाहीमा १५८ मतदानस्थल अति संवेदनशील, सुरक्षा निरीक्षण सुरु

spot_img

सर्लाही,११ माघ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समिति सर्लाहीले जिल्लाका मतदानस्थलहरूको स्थलगत निरीक्षण थालेको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियासहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले निरीक्षण सुरु गरेका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर ४ मा रहेका ८१ वटै मतदानस्थल सुरक्षाको दृष्टिले अति संवेदनशील सूचीमा राखिएका छन् । सोही क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उम्मेदवार बनेका हुन्।

भारतसँग सिमाना जोडिएका स्थानहरूमा सुरक्षा चुनौती देखिएकाले ती क्षेत्रका मतदानस्थललाई प्राथमिकतामा राखेर अनुगमन सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काले जानकारी दिए । उनका अनुसार हालसम्मको निरीक्षणका क्रममा सुरक्षा अवस्था सामान्य देखिएको छ,’ उनले भने, ‘प्रमुख दलका व्यक्तिहरू उम्मेदवार छन् अवस्था समान्य नै रहनेछ ।’

जिल्लाभरि रहेका कुल ३ सय १२ मतदानस्थलमध्ये १ सय ५८ वटा अति संवेदनशील र १ सय ३१ वटा संवेदनशीलको सूचीमा परेका छन्। निर्वाचन क्षेत्र नम्बर ४ राजनीतिक रूपमा पनि चासोको केन्द्र बनेको छ। कांग्रेस सभापति थापाको उम्मेदवारीसँगै यहाँको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका अमरेशकुमार सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट चुनावी मैदानमा उत्रिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय