बारा,१२ माघ । बारा क्षेत्र नं. २ मा प्रतिनिधिसभा निर्वाचनले यसपटक स्थानीय राजनीतिमा नयाँ बहस र चासो सिर्जना गरेको छ। भैयाराम यादव, नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुहुँदा लामो समयदेखि समाजसेवा र समुदायको विकासमा सक्रिय रहेको उनको छवि, स्थानीय राजनीतिमा नयाँ मोड ल्याएको छ।
ठाकुर राम बहुमुखी क्याम्पसबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका यादव शिक्षा, स्वास्थ्य, जीविकोपार्जन र आपतकालीन सहयोगका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। उनी औपचारिक कार्यक्रममा मात्र होइन, समुदायको बीचमै देखिने नेताका रूपमा परिचित छन्।
स्थानीयवासीका अनुसार यादव कुनै एक निर्वाचनका लागि मात्र देखा परेका नेता होइनन्। विपन्न परिवारको सहयोग, बिरामीको उपचार व्यवस्थापन र संकटको समयमा प्रत्यक्ष उपस्थिति जनाउने उनको शैलीले जनविश्वास बलियो बनाएको छ।
बारा–२ मा विगतका निर्वाचन परिणामप्रति असन्तुष्टि बढ्दै गएको छ। लगातार दुईपटक एउटै पार्टीले जिते पनि जनताको अपेक्षा अनुसार काम नभएको गुनासोको कारण, यसपटक परिवर्तनको चाहना स्पष्ट देखिन्छ। मतदाताहरू “अब आश्वासन होइन, काम चाहिन्छ” भन्ने धारणा बलियो बनाएर भैयाराम यादवलाई वैकल्पिक प्रतिनिधिको रूपमा हेर्न थालेका छन्।
यसपटकको निर्वाचन व्यक्तिगत प्रतिस्पर्धाभन्दा पनि काम र प्रतिबद्धता बनाम पुरानो राजनीतिक अभ्यासको परीक्षण बनेको छ। अब मतपेटिकामा नागरिकले निर्णय गर्नेछन् कि जनताको अपेक्षा पूरा गर्न सक्ने प्रतिनिधि को हो।



