Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

महोत्तरीमा सात पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा

spot_img

काठमाडाैं,१२ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लाबाट सात पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका छन्। चार निर्वाचन क्षेत्र रहेको महोत्तरी क्षेत्र नं–१ बाट एक, क्षेत्र नं–२ बाट एक, क्षेत्र नं–३ बाट दुई र क्षेत्र नं–४ बाट तीन पूर्वमन्त्री चुनावी मैदानमा होमिएका छन्।

जिल्लाको क्षेत्र नं १ बाट पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री गिरिराजमणि पोखरेल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट चुनाव लड्दै छन्। उनसँगै यस क्षेत्रमा नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो र नेपाली कांग्रेसका मुकेश काफ्ले चुनावी मैदानमा छन्।

त्यस्तै क्षेत्र नं २ बाट पूर्वश्रम रोजगार तथा यातायातमन्त्री शरतसिंह भण्डारी जनता समाजवादी पार्टी नेपालबाट चुनावी मैदानमा छन्। उक्त क्षेत्रमा नेपाली कांग्रेसकी पूर्वसांसद किरण यादव र नेकपा (एमाले) का कासिम नदाफ पनि प्रतिस्पर्धा गर्दै छन्। त्यस्तै क्षेत्र नं–३ बाट पूर्वकृषिमन्त्री हरिनारायण यादव र पूर्वगृहराज्यमन्त्री मोहम्मद रिजवान चुनावी मैदानमा छन्।

यादवलाई जसपा नेपालले टिकट नदिएपछि उहाँले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् भने रिजवानले नेपाल संघीय समाजवादी पार्टीबाट चुनावी मैदानमा छन्। सो क्षेत्रमा स्वतन्त्र उम्मेदवार रामआधार कापर, नेपाली कांग्रेसका बजरङ्ग नेपाली, जसपा नेपालकी मिनाक्षी ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीका उज्ज्वलकुमार झा र नेकपा (एमाले) का मनोजकुमार सिंहसँग प्रतिस्पर्धा गर्दै छन्।

त्यसैगरी निर्वाचन क्षेत्र नं ४ बाट पूर्वकृषिमन्त्री महेन्द्रकुमार राय, पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव र पूर्व प्रदेश गृहमन्त्री भरतप्रसाद साह चुनावी मैदानमा छन्। पूर्वमन्त्री महेन्द्रकुमारले नेपाली कांग्रेसबाट, डा सुरेन्द्र जसपा नेपालबाट र भरतप्रसाद नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट चुनाव लड्दै छन्।

यस क्षेत्रबाट एमालेका उम्मेदवार निलम अधिकारी पनि चुनावी मैदानमा हुन्।

spot_img

ताजा अपडेट

लोकप्रिय