spot_img

बारा–४ मा किसान श्रेष्ठलाई निर्वाचन चुनौतीभन्दा अवसर

spot_img
spot_img

बारा,१३ माघ । बारा–४ बाट पूर्वमन्त्री किसान श्रेष्ठ यसपटक प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन्। अघिल्लो निर्वाचनमा १० हजारभन्दा बढी मतान्तरले विजयी भएका श्रेष्ठ अहिले गठबन्धनबिना मैदानमा छन्।

स्थानीय विश्लेषकका अनुसार एमालेको जनाधार केही कमजोर भए पनि श्रेष्ठले विगतमा जनताको विकास र दुःख–सुखमा सक्रिय भूमिका खेलेको अनुभवले उनलाई बलियो उम्मेदवार बनाएको छ। यस क्षेत्रका अन्य उम्मेदवारमा कांग्रेसका श्यामबाबु गुप्ता, माओवादी केन्द्र/एसका अजय कुशवाह, रास्वपाका रहबर अन्सारी र लोसपा–जसपा गठबन्धनका सञ्जु साह छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय