Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

धनुषामा १९४ मतदानस्थल अतिसंवेदनशील, सुरक्षा कडा

spot_img

जनकपुर,१३ माघ । धनुषा जिल्लाका १९४ मतदानस्थललाई अतिसंवेदनशील तोकिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा जम्मा ३२२ मतदानस्थलमध्ये १९४ अतिसंवेदनशील, १०६ संवेदनशील र २२ सामान्य श्रेणीमा परेका छन्।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले खुल्ला सीमा नाका, बढी मतदाता र विगतका निर्वाचनमा देखिएका समस्या कारण मतदानस्थलको वर्गीकरण गरिएको बताए। उनले प्रत्येक मतदान केन्द्रमा १०–१२ सुरक्षाकर्मी परिचालन हुने जानकारी पनि दिए।

आज लुइँटेलको नेतृत्वमा सबै सुरक्षा प्रमुखसँगै अतिसंवेदनशील मतदानस्थलको अनुगमन गरिएको छ। नेपाल–भारत सीमानासँग जोडिएका मतदानस्थलहरूमा विशेष निगरानी राखिएको छ। मधेस प्रदेश निर्वाचन कार्यालयका अनुसार धनुषाका चार निर्वाचन क्षेत्रमा ५,१४,५७१ मतदाता रहेका छन्। जसमा पुरुष २,७६,१२६, महिला २,३८,४३५ र अन्य (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) १० जना छन्।

यस निर्वाचनमा ६,५०० कर्मचारी खटिनेछन् र कर्मचारी विवरण सङ्कलन भइरहेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा चार क्षेत्रबाट कुल १४२ उम्मेदवार उठेका छन्: क्षेत्र नं २ मा ३४, क्षेत्र नं ३ मा ४५ र क्षेत्र नं ४ मा ३७ उम्मेदवार।

spot_img

ताजा अपडेट

लोकप्रिय