spot_img

रौतहटमा नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ

spot_img
spot_img

रौतहट,१४ माघ । रौतहट जिल्लामा नक्कली भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर गौरले भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई शङ्कास्पद अवस्थामा जाँच गर्दा नक्कली जस्तो देखिने भारतीय नोट बरामद गरेको हो।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला पर्सौनीका ४२ वर्षीय राकेश कुमार साह र सितामढी शिवहर परिषद–४ का ३० वर्षीय विक्रम कुमार पासवान रहेका छन्। उक्त जानकारी सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर गौरका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम सागर बिष्टले दिएका छन्।

गौर नगरपालिका–२ महादेवपट्टीस्थित सीमा क्षेत्रमा खटिएको चेकप्वाइन्ट टोलीले बीआर–३० एएफ–५७३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा पाँच सय दरको एक थान र दुई सय दरका दस थान गरी जम्मा २ हजार ५ सय रुपैयाँ बराबरका नक्कली जस्तो देखिने भारतीय नोट बरामद गरेको प्रहरीले जनाएको छ।

त्यसैगरी उनीहरूको साथबाट सक्कली भारतीय रुपैयाँ १ सय ७७, एक थान मोटरसाइकल र दुई थान एन्ड्रोइड मोबाइलसमेत बरामद गरिएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय