spot_img

काठमाडौंबाट फरार भएका एक ठगी अभियुक्त बीरगन्जबाट पक्राउ

spot_img
spot_img

बीरगन्ज,१६ माघ । केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका एक ठगी अभियुक्तलाई पर्सा प्रहरीले बीरगन्जबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार, बीरगन्ज महानगरपालिका–१६ का २३ वर्षीय प्रविण चौरसियालाई पक्राउ गरिएको हो।

प्रविण चौरसिया गत भदौ २३ र २४ गते देशभर भएको नवयुवाहरूको आन्दोलनको क्रममा कारागारबाट फरार भएका थिए। पर्सा प्रहरीले पूर्वसूचनाको आधारमा बिहीबार दिउँसो बीरगन्ज महानगरपालिका–१५, रामनगर चोकबाट उनलाई पक्राउ गरेको हो।

ठगी मुद्दामा अदालतले उनलाई दोषी ठहर गर्दै ५ वर्ष ६ महिनाको कैद र ८७ हजार ५०० रुपैयाँ जरिवाना सजाय सुनाएको थियो। पक्राउ परेपछि उनलाई कैद भुक्तानका लागि बीरगन्ज कारागार पठाइएको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय