spot_img

रौतहट–४ निर्वाचन : तिमल्सिनाको पक्षमा जनलहर बढ्दै

spot_img
spot_img

रौतह,१८ माघ । आसन्न फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको पक्षमा जनलहर बढ्दै गएको छ । कांग्रेसका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार देवप्रसाद तिमल्सिनाले कृषि पर्यटन क्षेत्रको रुपमा विकास गरी शिक्षा, स्वास्थ्य रोजगारमार्फत समृद्धि बनाउने बताउँदै त्यसका लागि आफूलाई रूख चिन्हमा मतदान गरी विजय गराउन सबैमा अनुरोध गरेका छ्न् ।

विकास र समृद्धिका लागि कांग्रेसलाई यस क्षेत्रमा मतदान गर्न आग्रह गर्दै उम्मेदवार तिमल्सिनाले अघिल्लो पटक कानून निर्माण र जनताको जनजीविकाको सवाल संसदमा उठाउँदै आएको र यो आफ्नो उम्मेदवारी अन्तिम पटक भएको घोषणा गरेका छ्न् ।

नेपाली कांग्रेस मधेस प्रदेश सदस्य रबिनचन्द्र कोइरालाले कांग्रेसको पक्षमा जनलहर बढ्दै गएको बताउँदै “जन-जनमा कांग्रेस,मन-मनमा कांग्रेस” नाराले समृद्धिको आगामी दिशा तय हुने हुँदा एकजुट भएर लाग्न अनुरोध गरेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय