काठमाडौं,१८ माघ । रूपन्देहीको ओमसतिया गाउँपालिका–२, पड्षरीमा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिका–८ बस्ने २१ वर्षीय नवीन विष्टको दुर्घटनामा मृत्यु भएको हो।
भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु.प्र. ०१–००३ प २४३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका विष्टको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार अन्य दुई जनालाई पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

