क्यान्सर केवल रोग होइन, पीडा र डरको अनुभव हो : प्रचण्ड

spot_img

काठमाडौँ,२१ माघ । नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्यान्सर रोग डर र पीडासँग जोडिएको गम्भीर समस्या भएकाले नेपालमा यो एक चुनौतीका रूपमा देखिएको बताएका छन्।

विश्व क्यान्सर दिवसको अवसरमा बुधबार जारी गरेको सन्देशमा उनले क्यान्सर आफ्ना लागि पनि नमिठो अनुभूति बनेको उल्लेख गरेका हुन्।

प्रचण्डले क्यान्सरलाई केवल एउटा रोगका रूपमा मात्र नहेर्न आग्रह गर्दै यसले मानिसलाई मानसिक र शारीरिक रूपमा गहिरो असर पार्ने बताए। “क्यान्सर केवल रोग मात्र होइन, यो पीडा हो, डर हो र मृत्युसँग आमनेसामने उभिनुपर्दाको अनुभव हो,” सन्देशमा उनले भनेका छन्।

उनका अनुसार क्यान्सरसँग लडाइँ निरन्तर सङ्घर्ष हो र यस रोगसँग जुधिरहेका प्रत्येक बिरामीको कथा, पीडा र आशा फरक–फरक हुन्छ। क्यान्सरविरुद्ध सामूहिक सचेतना, समयमै उपचार र सहयोग आवश्यक रहेकोमा उनले जोड दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय