यू–१९ साफ महिला च्याम्पियनसिप: नेपाल आज बङ्गलादेशसँग भिड्दै

spot_img

पोखरा,२१ माघ । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपालले दिउँसो ३ः०० बजे बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा नेपाल विजयी भएर फाइनल प्रवेशको मौका कायम राख्नुपर्ने दबाबमा रहेको छ।

आज दिउँसो १२ः०० बजे भारत र भुटानबीच पनि खेल हुने छ।

अहिलेसम्मको प्रदर्शन अनुसार बङ्गलादेश दुई खेल जितेर ६ अङ्कसहित शीर्ष स्थानमा छ भने नेपाल र भारत समान ३ अङ्कसहित दोस्रो स्थानमा छन्। भुटानले अहिलेसम्म एक पनि खेल जित्न सकेको छैन।

नेपालले पहिलो खेलमा भारतसँग १–० ले पराजित भए पनि दोस्रो खेलमा भुटानलाई २–१ ले हराएको थियो। बङ्गलादेशले भने पहिलो खेलमा भुटानलाई १२–० र भारतलाई २–० ले हराएको थियो।

आजको खेलमा नेपाल विजयी भए मात्र फाइनल प्रवेश सुनिश्चित हुनेछ। यदी भारत भुटानसँग जीत हात पार्छ भने नेपाललाई बङ्गलादेशसँग बराबरी मात्र भए पनि फाइनलमा पुग्ने पर्याप्त अङ्क हुनेछ।

प्रतियोगिताको फाइनल खेल शीर्ष दुई स्थानमा रहने टोलीबीच यही माघ २४ गते पोखरामा सञ्चालन हुने छ।

spot_img

ताजा अपडेट

लोकप्रिय